बमको हल्लापछि भारतको एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण

काठमाडौं: बमको हल्लापछि भारतको एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण गराइएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार १५६ जना यात्रु बोकेको विमान दिल्ली उड्नासाथ बेला बमको सूचना दिइएको थियो ।

अहिले विमान थाइल्यान्डमा राखेर चेकजाँच गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार अहिलेसम्म बम भए–नभएको केही पुष्टि हुन सकेको छैन ।

विमानभित्र अहिले खानतलासी भएको जनाइएको छ । भारतमा पछिल्लो महिना भारतीय विमान कम्पनीहरुमा बम राखिएको हल्ला निकै फैलिएको छ ।

पहिला १० महिनामा एक हजार फोन तथा म्यासेज यसैगरी आएका थिए जुन सन् २०२३को तुलनामा १० गुणा बढी थियो ।

हिजोमात्रै अहमदाबादमा भएको दुर्घटनामा २४१ जना यात्रुसहित कम्तिमा पनि २९० जनाको मृत्यु भएको थियो । विमान एक होस्टलको छतमा खस्दा त्यहाँ रहेका कम्तिमा पनि ४९ जनाको मृत्यु भएको छ ।