बागमती प्रदेशको स्वास्थ्य बजेट ३ अर्ब ९६ करोड ८८ लाख विनियोजन

काठमाडौं- बागमती प्रदेशले स्वास्थ्यमा ३ अर्ब ९६ करोड ८८ लाख बजेट विनियोजन गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जम्मा ६७ अर्बको बजेट ल्याएको छ ।

आइतबार राति साढे ८ बजेदेखि सुरु प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट विनियोजन गरेका हुन् ।

चालूतर्फ ३८ दशमलव ६ प्रतिशत अर्थात् २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ६१ द्यशमलव ४ प्रतिशत अर्थात ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन भएको छ ।