पशुपति आर्यघाटका ‘घाटेवैद्य’ सुवर्ण वैद्यको निधन

काठमाडौं: घाटे वैद्यका नामले परिचित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका सुवर्ण वैद्यको निधन भएको छ ।

गत बिहिवार (असार ५) जयबागेश्वरी सडकखडमा ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका वैद्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा हिजो बिहान मृत्यु भएको हो ।

जय बागेश्वरीमा मचाः ती जात्रामा सहभागी वैद्य प्रसाद ग्रहण गरी निवास तर्फ जानेक्रममा ट्याक्सीले ठक्कर दिएको थियो ।

वैद्य काठमाडौं महानगरपालिका वडा नं ८ का संस्कृतिविद, समाजसेवी, तथा पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका वैद्य, दुई पटक निर्वाचित वडा अध्यक्ष तथा राष्ट्रवादी नेवाः संगठनका सल्लाहकार समेत रहेका थिए।

वैद्यको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने  बताएको छ ।

सुवर्ण ‘बा’ नामले चिनिने पनि परिचित वैद्यले पशुपति आर्यघाट  दाहसंस्कारका लागि ल्याएका धेरै व्यक्तिलाई जिवनदान समेत प्रदान गर्ने गरेका थिए ।