सुन तोलामा १७ सयले घट्यो

काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ५०० रुपैयाँ कायम छ । सोमबार  छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।