स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ विषयक एक दिने कार्यशाला सम्पन्न

काठमाडौं:  स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ ।

काठमाडौंंमा आज (विहिबार) नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तथा नेपाल स्वास्थ्य पत्रकार मञ्च (एचजेएफएन)को संयुक्त आयोजनामा ‘स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ विषयक एक दिने कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा एनएचआरसीका अध्यक्ष प्रा. डा. नारायणविक्रम थापाले स्वास्थ सेवाको बिकास, बिस्तार र स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ अनुसन्धानको भुमिका महत्त्वपूर्ण भुमिका हुने बताए । साथै आज आयोजित कार्यशालाले स्वास्थ पत्रकारको बौद्धिक बिकासमा थप टेवा पुग्ने अपेक्षा व्यक्त गरे ।

यसैगरी,खोज पत्रकारिताका विज्ञ वरिष्ठ पत्रकार शिव गाउँलेले स्वास्थ्य क्षेत्रमा खोजी पत्रकारिताको अभ्यास निकै कम भएको औलाए । उनले स्वास्थ्य पत्रकारितामा खोज, अनुसन्धानलाई जोड दिन सकिए स्वास्थ क्षेत्रमा देखिएका देखिएका कमिकम्जोरी औलौन सकिने मात्र नभएर स्वास्थ क्षेत्रको बिकासमा टेवा पुग्ने धरणा व्यक्त गरे । तर संंचार माध्यम तथा पत्रकार आफैले पनि खोज पत्रकारितामा जोड दिन नसकेको बताए ।

त्यस्तै, डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदीले आर्टिफिशियल इंटेलिजेंस (एआई) र स्वास्थ्य समाचारमा यसको प्रयोगबारे जानकारी गराएका थिए । त्यस्तै, उनले स्वास्थ पत्रकारका लागि उपयोगी एआई टुल्सक तथा यस्को प्रगोग कसरी गने भन्ने समेत सिकाएका थिए ।

बिहिवार आयोजित कार्यशालामा डा. युविन यादव, प्रा. डा. गणेश दंगाल,डा. प्रमोद जोशी लगाएत विशेषज्ञ तथा ४८ जना स्वास्थ्य पत्रकारको सहभागित रहेको थियो ।