नेप्से निरन्तर घट्दो

काठमाडौं: नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार पनि घटेको छ । यो साता मंगलबारदेखि नेप्से निरन्तर बिहीबारसम्म घटेको हो ।

नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से सूचक ४.४५ अंकले घटे पनि कारोबार रकममा सुधार आएको छ । यस दिन नेप्सेमा ७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यो साता मंगलबार ०.२२ अंकले घटेको नेप्से बुधबार ०.३३ अंकले घटेको थियो । बिहीबार कारोबार सुरु हुँदा २६००.२० अंकमा रहेको नेप्से सूचक ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले घटेको छ ।