काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ प्रकाशित गरेको छ ।
नतिजाअनुसार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।सबैभन्दा बढी वाग्मती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् ।
प्रदेश अनुसार उत्तीर्ण विद्यार्थी संख्या
कोसी प्रदेश | ████████████████ ४७,८३५
मधेस प्रदेश | ████████████████████ ५९,७४९
गण्डकी प्रदेश | ████████████████ ४७,८४९
लुम्बिनी प्रदेश | ██████████████████████████████ ९७,६८७
कर्णाली प्रदेश | ███████████████ ४६,४५५
सुदूरपश्चिम प्रदेश | ████████████████████ ५९,८०४
कोसी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९,७४९, गण्डकी प्रदेशबाट ४७,८४९, लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी, कर्णाली प्रदेशबाट ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशबाट ५९, ८०४ विद्यार्थी उत्तीर्ण भएका छन् ।



















