काठमाडौं: मौसमविद्ले पश्चिम नेपालमा ‘भीषण’ वर्षाको सम्भावना औँल्याएका छन् ।
आइतबार (असार १५) देखि सोमबार (असार १६)सम्मभीषण’ वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागले उल्लेख गरेका छ ।
विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सावधानी अपनाउन पनि सुझाव दिएको छ ।
यद्यपि, आजको पूर्वानुमानमा भीषण वर्षा भारततिर हुने देखिएको पनि बिभागले जनाएको छ ।
मौसमविद्ले भारी वर्षाको सम्भावना औँल्याउँदै आउँदो सोमबारसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन् ।
नेपालमा मौसम पूर्वानुमान गर्ने आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि सोमबार बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा ‘धेरै भारी’ वर्षाको सम्भावना औँल्याएको छ ।


















