ल्हेन्दे नदीमा आएको बाढीमा परेका ५५ जनाको उद्धार

काठमाडौं: रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित ल्हेन्दे नदीमा आएको बाढीमा परेका ५५ जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरीका अनुसार, १८ जना सम्पर्कविहीन छन् । तीन प्रहरी, ६ चिनियाँ नागरिक र ९ जना सर्वसाधारण बेपत्ता भएका छन् ।

रसुवागढीस्थित नेपाल–चीन सीमानाकामा चीनतर्फ अविरल वर्षाको कारण ल्हेन्दे नदीमा बाढी आउँदा उनीहरू बेपत्ता भएका हुन् ।