काठमाडौं: मुस्ताङको लोमान्थाङको चुङजुङ गाउँमा अकस्मात बाढी आएको छ ।
गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले खोलामा अकस्मात बाढी आएको र दुई तीनवटा पुल बगाएको सूचना पाएको बताएका छन् । उनका अनुसार यो खोला लोमान्थाङ हुँदै कालीगण्डकीमा मिसिन्छ ।
उनले कालीगण्डकी वरपर पनि सतर्क रहनुपर्ने अवस्था देखिएको बताए । चुङजुङ खोला वडा नम्बर ४, १ र २ हुँदै अघि बढेको उनले बताए ।


















