काठमाडौं: आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।
उपभोक्ता अदालतले गरेको आदेशपछि आन्दोलनमा उत्रिएका चिकित्सकसँग सरकारले वार्ता गरेको थियो ।
विद्यमान तथा नीतिगत सुधारका लागि कार्यदल गठन गर्ने र फाष्ट ट्र्याकबाट कानुन बनाउने लगायतका विषयमा सहमति भएको थियो ।
सिंहदरबारमा स्वास्थ्यसहित तीनजना मन्त्रीको उपस्थितिमा वार्ता भएको थियो ।
सहमतिमा पुगेपछि चिकित्सकले जारी राखेको आन्दोलन अहिलेबाट नै स्थगित भएको छ ।



















