काठमाडौं: पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताको छ।
केही स्थानमा सडक समेत भासिएका छ्न्।


















