काठमाडौं: म्याग्दीको धौलागिरिमा पहिरो खस्दा म्याग्दी नदी थुनिएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ र ६ जोडिने बाँसबोट भीरबाट खसेको पहिरोे नदी थुनिएको हो ।
गएराति १० बजेदेखिको वर्षाले पहिरो खस्दा करिब १० मिनेट म्याग्दी नदी थुनिएको गाउँपालिकाले जानाएको छ ।
१० मिनेटपछि भने अहिले नदी आफ्नो बहावमा बग्न थालेपनि फेरि पहिरो खस्ने जोखिम बढाएको छ ।
पहिरोले थुनिएको नदी ‘ओभरफ्लो’ भएर बग्न थालेकाले तटीय क्षेत्रमा डुबानको खतरा समेत बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रहरी, प्रशासन कार्यालय र गाउँपालिकाका प्रतिनिधिसहितको टोली घटनास्थलतर्फ जाँदै गरेको बताएको छ ।


















