पाँच शय्याको अस्पताल भवन निर्माण

म्याग्दीः अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ६ करोड रुपैयाँको लागतमा अस्पताल भवन निर्माण भएको छ ।

सघन सहरी विकास तथा भवन आयोजनाले पाँच शय्याको अस्पताल भवन निर्माण गरेको हो ।

वडाध्यक्ष मइलन पुनका अनुसार औलामा रहेको स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेपछि नयाँ भवन निर्माण गरिएको हो ।

नयाँ भवनबाट चाँडै सेवा प्रवाह गर्ने तयारी भइरहेको उनले जानकारी दिए । भवनमा कर्मचारी तथा स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था गरिएको छ ।

भवन निर्माणका निम्ति हर्कबहादुर गरबुजालगायत पाँच जना स्थानीयले पाँच रोपनी जग्गादान गरेका थिए ।