काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ संकेत गर्दै मान्छे मारेको स्वीकार गर्नेलाई केही नगरिएको बताएका छन् ।
आज शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकको राष्ट्रिय भेलामा उनले यस्तो टिप्पणी गरेका हुन् ।
आफूलाई अझै पनि ‘टीकापुर हत्याकाण्ड गरिस्’ भनेर गाली गर्ने गरिएको उनले उल्लेख गरे । उनले आफू टीकापुर घटनामा घटनास्थलमै नरहेको भए पनि सबैभन्दा ठूलो हत्याको बिल्ला भिराइएको बताए । तर, मान्छे मारेको स्वीकार गर्नेहरूलाई यत्तिकै छोडिएको उनको भनाइ थियो ।



















