बुढानीलकण्ठ नगरपालिकामा ‘हिले खेलकुद प्रतियोगिता २०८२’ सम्पन्न

काठमाडौं: बुढानीलकण्ठ नगरपालिकाको स्वच्छ, स्वस्थ, समृद्ध र पर्यटनमैत्री नगर बुढानीलकण्ठ भन्ने नाराका साथ वडा नं. ३ को आयोजनामा ‘हिले खेलकुद प्रतियोगिता २०८२’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम स्थानीय युवाहरुमा खेलकुदप्रति उत्साह र सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

स्थानीय युवा तथा समुदायमा खेलकुदप्रति उत्साह र सहभागिता बढाउने उद्देश्यले खेलको आयोजना गरिएको बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष आकाश धितालले बताएका छ्न् ।