बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं: सरकारले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति बनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझाको योग्यताबारे छानबिन गर्न  समिति बनाएको हो ।

मन्त्रिपरिषद्ले अध्यक्ष ओझालाई पदमुक्त गर्ने प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो ।

पूर्वन्यायाधिस कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको छ ।

समितिका अन्य दुई जना सदस्यमा कृष्ण गिरी र जीवनप्रकाश सिटौला छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् ।

बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।