ठूली भेरी नदीले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं: डोल्पास्थित ठूली भेरी नदीले सतर्कता तह पार गरेको छ ।

त्रिपुराकोट जलमापन केन्द्रमा ठूली भेरी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन २० गते, दिउँसो ६:०६ बजे । डोल्पास्थित ठूली भेरी, त्रिपुराकोट जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख गरिएको छ ।