घानामा भएको सैन्य हेलिकोप्टर दुर्घटना, आठ जनाको मृत्यु

काठमाडौं: घानामा भएको सैन्य हेलिकोप्टर दुर्घटनामा आठजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह र पर्यावरण, विज्ञान र प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि छन् । यसमा अन्य तीन सरकारी अधिकारी र तीन वायुसेना कर्मचारी पनि छन् ।

घाना सशस्त्र बलका अनुसार, जेड–९ हेलिकोप्टर बुधबार बिहान राजधानी अकाराबाट ओबुआसीका लागि उडेकोमा रडारसँग सम्पर्क टुटेको थियो ।

दुर्घटना प्रति घाना सरकारले शोक व्यक्त गरेका छ । दुर्घटनाग्रस्त जेड–९ हेलिकोप्टर एक युटिलिटी हेलिकोप्टर थियो, जसको प्रयोग सामान्यतया यातायात र चिकित्सा उद्धारका लागि प्रयोग गरिन्थ्यो ।

राष्ट्रपति जोन माहामाका चिफ अफ स्टाफ जुलियस डेबराहले यो दुर्घटना देशको अशान्त दक्षिणी क्षेत्रमा भएको बताएका छ्न् । उनले यसलाई राष्ट्रिय आपतकालीन अवस्थाको संज्ञा पनि दिए ।

सन् २०१४ मे मा एक सेवा हेलिकोप्टर समुद्र तटनजिकै दुर्घटना भएको थियो, जसमा कम्तीमा तीनजनाको मृत्यु भएको थियो ।

सन् २०२१ मा अकारामा एक मालवाहक विमान रनवेबाट चिप्लिएर यात्रुले भरिएको बससँग ठोक्किँदा दशजनाको ज्यान मृत्यु भएको थियो