काठमाडौं: नेपाली बजारमा सुनको मूल्य दुई लाखनजिक पुगेर नयाँ रेकर्ड बनाएको छ ।
आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि, मंगलबारको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । मंगलबार सुन एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार रुपैयाँ बढेको हो । हिजो सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँ बढेर कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला दुईहजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।



















