प्रचण्डको निवासमा प्रदर्शनकारीले गरे ढुंगामुढा

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । ललितपुरको खुमलटारमा रहेको उनको निवासमा ढुंगामुढा गरेका हुन् ।

ललितपुरका एसपी चक्र जोशीले दिएको जानकारीअनुसार अहिले प्रचण्ड निवासमा ढुंगामुढा भएको जानकारीपछि प्रहरीको टोली परिचालन गरिएको छ ।