काठमाडौं: नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार शीतलनिवासमा आयोजित समारोहमा उनीहरूले शपथग्रहण गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेकी थिइन् ।
यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ ग्रहणसहित पदभार ग्रहण गरिसकेका छन् ।



















