काठमाडौंसहित देशका अधिकांश स्थानमा विद्युत् अवरुद्ध

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मंगलबार साँझ विद्युत् सेवा अवरुद्ध भएको छ ।

कपिलवस्तु मोतीपुरमा समस्या हुँदा समग्र प्रणाली आउटेज भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।

हाल समस्या समाधान भइसकेको प्राधिकरणका अनुसार, कुलेखानीको सिस्टम सट डाउन भएको र खिम्ती लामो साँघु प्रसारण लाइन अवरुद्ध भएको कारण पनि सिस्टम उठाउन समस्या भएको थियो ।