दशैका लागि घर जानेको संख्या बढ्दै, पछिल्लो २४ घण्टामा ४० बढिले छोडे काठमाडौं

काठमाडौं: दशैं सुरु भएसंगै दशैका लागि घर जानेको संख्या बढेको छ ।

घटस्थापनापछि काठमाडौंबाट आ- आफ्ना घर फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, हिजो मंगलबार बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छाडेका छन् ।

प्रहरी कार्यालयका अनुसार,पछिल्लो २४ घण्टामा ४० हजारभन्दा बढीले काठमाडौं छोडेका छन् ।

नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत क्षेत्रमा सवारीसाधन र यात्रुको चाप बढेको छ ।