जल बहाब बढ्न सक्ने भन्दै शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं: जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

शुक्रबार सामाजिक सञ्चालमार्फत महाशाखाले अहिले देशका प्रमुख नदीहरूको जलसतह सामान्य रहे पनि शनिबार दिउँसोदेखि नदीहरूमा जल बहाब बढ्न सक्ने बताएको हो ।

महाशाखाले वाग्मती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार, शनिबार राति नवलपरासी (पश्चिम), नवलपरासी (पूर्व), तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र सिन्धुलीसहित आसपासका जिल्लामा बाढीको जोखिम छ ।

महाशाखाले यी क्षेत्रका बासिन्दालाई शनिबार राति विशेष सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।