गोरखा: बेनिघाट–लार्के सडकखण्डमा खसेको पहिरो हटाइएसंगै अवरुद्ध भएको उक्त सडक हाल सञ्चालनमा आएको छ ।
अत्यधिक वर्षाका कारण बेनिघाट–लार्के सडकखण्डको खानीबेसीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पहिरोका कारण यातायातका साधन बीच बाटोमै रोकिएका थिए । माछाखोलासम्म सवारीसाधन चल्न थालेका स्थानीयले बताएका छन् ।
तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन सकिएको छैन । उक्त स्थानमा स्थानीयले पहिरो हटाएर पैदलयात्रुलाई हिँड्न मिल्ने बनाएको छ।


















