काठमाडौं: बुढानीलकण्ठ नगरपालिकाले बैशाख १५ गतेदेखि ५ दिने ‘सालको पातको दुना–टपरी बनाउने’ तालिम सुरु गरेको छ।
वडा नं. ७ मा सञ्चालन भइरहेको ५ दिने ‘ दुना–टपरी बनाउने’ तालिमले स्थानीय स्रोत र साधनको प्रयोगमार्फत नगरबासीलाई स्वरोजगार बनाउने लक्ष्य राखिएको छ।
तालिममा सहभागीहरूलाई प्रयोगात्मक सीप प्रदान गरिनुका साथै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थित सुकुटे बजारमा स्थलगत अध्ययन अवलोकन भ्रमणसमेत गराइनेछ।
तालिमले परम्परागत सीपलाई व्यावसायिक रूप दिँदै नगरको आर्थिक विकासमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिइएको छ ।




















