काठमाडौं: बुढानीलकण्ठ नगरपालिका वडा नं. १ ले अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत प्रतिष्ठित आई.एस.ओ नाइन जेरो जेरो वान २०१५ ( ISO 9001:2015 ) प्रमाणपत्र प्राप्त गरेको छ।

आज (बिहिवार) बिशेष कार्यक्रम आयोजना गरि बुढानीलकण्ठ नगरपालिका वडा नं.१ लाई आई.एस.ओ नाइन जेरो जेरो वान २०१५ को प्रमाणपत्र औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री जयराम थापाले वडाको यस उपलब्धिलाई सुशासन र प्रदेश–स्थानीय तह समन्वयको उत्कृष्ट उदाहरण भएको बताए।

यसैगरी,कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी ले नागरिकको विश्वास जित्नु सरकारको मुख्य दायित्व भएको उल्लेख गर्दै आई.एस.ओ प्रमाणपत्रलाई विश्वास र मेहेनतको प्रतिफल भएको बताए ।
कार्यक्रममा उप–प्रमुख अनिता लामाले कर्मचारीहरूको समर्पण र मेहनतले यो सफलता प्राप्त गर्न सम्भव भएको भन्दै खुशी व्यक्त गरिन् ।

अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणालीअन्तको प्रमाणपत्र प्राप्त गर्नु नगरपालिका र वडाका लागि मात्र नभई सिङ्गो मुलुक र स्थानीय शासनमा एउटा गौरवशाली अध्याय थपीएको बुढानीलकण्ठ नगरपालिका वडा नं. १ ले जनाएको छ।
क्वालिटी आँस्टिया सर्टीफिकेट जीएमबीएचबाट जारी तथा बाट मान्यता प्राप्त यो प्रमाणपत्र विश्वका ३८ भन्दा बढी राष्ट्रमा मान्य हुने छ।

सन् २०२६ अप्रिल २४ देखि २०२९ अप्रिल २३ सम्म वैध रहने सो प्रमाणपत्रले वडाको सेवा प्रवाह, कागजात व्यवस्थापन र नागरिक सन्तुष्टिको स्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुगेको पुष्टि समेत गरेको छ ।





















