केही समयमा सार्वजनिक हुँदै एसईई नतिजा

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गर्ने निर्णय गरेको छ।
सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ।
विगतमा करिब तीन महिना लाग्दै आएको एसईई नतिजा यसपटक एक महिनामै प्रकाशित हुन लागेको हो।
यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।