काठमाडौं: नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।
भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा आएको पुष्टि गरेका छन् ।
सरकारले यसअघि राजनीतिक नियुक्तिबाट नियुक्त भएका पदाधिकारीहरू हटाउने निर्णय गरेपछि भट्टले राजीनामा दिएको बताइएको छ ।


















