मनसुनको जोखिम : २ लाख २६ हजार नागरिक प्रभावित हुनसक्ने

काठमाडौं: सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ स्वीकृत गरेको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले कार्ययोजना स्वीकृत गर्दै यस वर्ष मनसुनजन्य विपद्बाट देशभर करिब २ लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान गरेको हो ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्साल को अध्यक्षतामा बसेको बैठकले ५१ हजार ८६८ घरधुरी प्रभावित हुन सक्ने आकलनसमेत गरेको छ।

कार्ययोजनामा मनसुन जोखिम विश्लेषण, उद्धार तथा राहत संयन्त्र, जिम्मेवार निकायको कार्यविभाजन र आवश्यक सम्पर्क विवरण समावेश गरिएको छ ।

साथै, खोज तथा उद्धार टोली परिचालन मापदण्ड, कृत्रिम घटना अभ्यास कार्यविधि तथा पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा पनि स्वीकृत गरिएको छ ।