काठमाडौं: सरकारले बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने भएको हो।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जेठ १४ गते पर्ने बकर ईदका लागि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ।





















