दुर्गा प्रसाईंमाथि अनुसन्धान पूरा गर्न सर्वोच्चको दोस्रो पटक म्याद थप

काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध भइरहेको अनुसन्धानका लागि सर्वोच्च अदालत ले पुनः म्याद थप गर्न अनुमति दिएको छ।

बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेय को संयुक्त इजलासले परमादेश जारी गरेको हो।

अदालतले अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्ने वा नगर्ने निर्णय तत्काल लिन पनि निर्देशन दिएको छ।

यसअघि जिल्ला प्रहरी कार्यालय पर्सा ले प्रसाईंमाथि अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको थियो। प्रहरीका अनुसार उक्त म्याद सोमबार सकिनेछ।

अदालतले तोकिएको अवधिभित्र अनुसन्धान पूरा नभए प्रसाईंलाई रिहा गर्नुपर्ने स्पष्ट गरेको छ।

हाल प्रसाईं पर्सा प्रहरीको हिरासतमा छन्।