तनहुँमा १२६ मेगावाटको तल्लो सेती आयोजना बन्ने

काठमाडौं: तनहुँमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ।

अर्धजलाशययुक्त उक्त आयोजना एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर लगानीमा निर्माण हुन लागेको हो।

आयोजना प्रमुख हरिकुमार श्रेष्ठका अनुसार आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहनेछ । आयोजनाको बाँध बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ मा निर्माण गरिनेछ।

त्यसैगरी विद्युत्गृह, मुख्य सुरुङ तथा कर्मचारी आवास देवघाट गाउँपालिका–३ र ४ क्षेत्रमा रहने जनाइएको छ। आयोजना निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको आयोजना प्रमुख श्रेष्ठ बताउँछ्न् ।

आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् प्रणालीमा थप ऊर्जा जोडिनुका साथै स्थानीय क्षेत्रमा आर्थिक गतिविधि र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।