काठमाडौं: प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सिंहदरबारमा महत्वपूर्ण छलफल भइरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छलफल आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट तयारीमा केन्द्रित रहेको जनाएको छ।
प्रधानमन्त्री शाह बिहानदेखि नै विभिन्न भेटघाट र आन्तरिक छलफलमा व्यस्त रहँदै सिंहदरबारमै रहेका छन्। कार्यालय समयपछि भने उनले रास्वपा नेतृत्वसँग आर्थिक तथा राजनीतिक विषयमा केन्द्रित छलफल अघि बढाएका हुन्।
सरकार आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


















