काठमाडौं: हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएको विरोधमा प्रतिनिधिसभा बैठक छाडेका छन्।
बुधबार बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसक्ने भए आफूलाई निष्कासन गर्न सभामुखसँग माग गरेका थिए। त्यसपछि उनी बैठकबाट बाहिरिएका हुन्।
सभामुख डोलप्रसाद अर्याल ले आसनमा बसेर सहयोग गर्न आग्रह गरे पनि साम्पाङ सदनबाट बाहिरिएका थिए।


















