काठमाडौं: स्वास्थ्य बीमा बोर्ड ले निजी अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका बीमासम्बन्धी सेवा बन्द रहने जनाएको हो ।
यस निर्णयपछि निजी अस्पताल तथा मेडिकल कलेजबाट बीमित नागरिकले लिँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधिलगायत नियमित सेवा प्रभावित हुने देखिएको छ । आकस्मिक सेवा भने निरन्तर सञ्चालन हुने बोर्डले जनाएको छ ।
हाल देशभर ३६ निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।


















