चार दिन बिदामा पनि खुला रहने छ सर्वोच्च अदालत

काठमाडौं: बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि सर्वोच्च अदालत बिहीबार र शुक्रबार पनि खुला रहने भएको छ ।

लगातार चार दिन सार्वजनिक बिदा परेकाले बन्दीप्रत्यक्षीकरण रिट दर्ता तथा सुनुवाइमा समस्या नआओस् भन्ने उद्देश्यले सर्वोच्च अदालत प्रशासनले इजलास सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

सर्वोच्च अदालतका अनुसार बिहीबार (जेठ १४) बकर इद, शुक्रबार (जेठ १५) गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार बिदा परेकाले विशेष व्यवस्था मिलाइएको हो ।

यो अवधिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ । साथै, बिदाका दिनमा पनि रिट दर्ता गर्ने र न्यायाधीशहरूलाई आलोपालो सुनुवाइमा खटाउने व्यवस्था गरिएको सर्वोच्चले जनाएको छ ।