स्वदेश फर्किएर देश विकासमा लाग्न सभामुखको आग्रह

काठमाडौं: सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किएर देश निर्माणमा योगदान दिन आग्रह गरेका छन्।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सवको अवलोकनका क्रममा उनले यस्तो आग्रह गरेका हुन्।

महोत्सवस्थलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले सरकारले संविधान र कानुनको पूर्ण कार्यान्वयनमा प्रतिबद्ध भएर काम गरिरहेको बताए । उनले देशको विकास र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए।