काठमाडौं: नेपाली एमएमए फाइटर रविन्द्र ढाँट ‘रोड टू युएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मकाउस्थित ग्यालेक्सी एरेनामा बिहीबार सम्पन्न क्वार्टरफाइनल प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई नकआउट गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।
अब फाइनल प्रवेशका लागि रविन्द्रले अस्ट्रेलियाका कासिब मर्डोकसँग प्रतिस्पर्धा गर्नेछन् ।
ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका रविन्द्र प्रतियोगिताको विजेता बने युएफसीमा छनोट हुनेछन् ।


















