आगामी वर्षको बजेट अन्तिम चरणमा, राष्ट्रपतिसँग अर्थमन्त्रीको छलफल

काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसँग आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे छलफल गरेका छन् ।

बिहीबार शीतल निवास पुगेर उनले आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमानसम्बन्धी जानकारी राष्ट्रपतिलाई गराएका हुन् ।

सो अवसरमा अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिलाई बुझाएका थिए ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।