काठमाडौं: आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक अपराह्न साढे २ बजेका लागि बोलाइएको छ ।
मन्त्रिपरिषद्बाट बजेट अनुमोदन भएपछि आजै संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने कार्यक्रम छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।




















