काठमाडौं: कुलमान घिसिङले उज्यालो नेपाल पार्टी अन्य विभिन्न राजनीतिक दलसँग एकता वार्तामा रहेको बताएका छन् ।
हाम्रो नेपाल पार्टीसँगको एकता कार्यक्रममा बोल्दै उनले पछिल्लो समय विभिन्न पार्टी, बुद्धिजीवी तथा पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरू पार्टीमा समाहित हुने क्रम जारी रहेको बताएका हुन् ।
उनले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता भइसकेको उल्लेख गर्दै अन्य दलहरूसँग पनि छलफल भइरहेको जानकारी दिए ।
घिसिङले उज्यालो नेपाल पार्टी वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको दाबी गरे । आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पार्टीले सशक्त उपस्थिति जनाउने तथा त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने विश्वास पनि उनले व्यक्त गरे ।




















