महावीर पुनको केन्द्रले सरकारी अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्ने

काठमाडौं: सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन बनेका स्वास्थ्य उपकरणहरूको मर्मत तथा पुनः सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने तयारी भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच यस विषयमा छलफल भएको हो।

छलफलका क्रममा सरकारी अस्पतालहरूमा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणहरूको पहिचान गरी मर्मत तथा सम्भार गरेर पुनः सञ्चालनमा ल्याउने सहमति भएको मन्त्रालयले जनाएको छ।

यस सहकार्यमार्फत स्वास्थ्य उपकरणहरूको उपयोगिता बढाउने र अस्पताल सेवाको प्रभावकारिता सुधार गर्ने लक्ष्य राखिएको छ।