काठमाडौं: बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख र उपप्रमुखले पतञ्जलि योगपीठद्वारा सञ्चालित पतञ्जलि अस्पताल तथा वेलनेस सेन्टरको स्थलगत अनुगमन गरेका छन्।
अनुगमनका क्रममा नगर नेतृत्वले अस्पतालमा १५ शैया (बेड) क्षमताको स्वास्थ्य सेवा सञ्चालनका लागि भइरहेको अन्तिम तयारी, भौतिक पूर्वाधारको अवस्था तथा भविष्यमा सेवा विस्तारका सम्भावनाबारे विस्तृत जानकारी लिएका हुन्।
अनुगमनका क्रममा अस्पताल प्रशासनसँग आवश्यक सेवा गुणस्तर, व्यवस्थापन र सञ्चालन प्रक्रियाबारे छलफल समेत गरिएको थियो।
नगरवासीलाई स्थानीय स्तरमै सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अनुगमन गरिएको बुढानीलकण्ठ नगरपालिकाले जनाएको छ।
साथै, यस अनुगमनले बुढानीलकण्ठ नगरपालिका र पतञ्जलि योगपीठ बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा समेत नगरपालिकाले लिएको छ।




















