प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

काठमाडौं: प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) सम्मलाई स्थगित भएको छ।

आज सोमबार सवा १ बजे  १५ मिनेटका लागि स्थगित भएको बैठक भोलि सम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो ।

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली ०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक जेठ २६ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।