मन्त्रिपरिषद्को निर्णय: तल्लो अरुणसहित चार आयोजना वन क्षेत्र प्रयोग गर्न पाउने

काठमाडौं: सरकारले चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत् आयोजना, हुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सस्मित पोखरेलका अनुसार आयोजनाहरूको निर्माण तथा सञ्चालनका लागि आवश्यक वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।