काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरेपछि सार्वजनिक गरिएको हो।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजाको विस्तृत विवरण भने पछि सार्वजनिक गरिने बोर्डले जनाएको छ।
यस वर्षको कक्षा १२ परीक्षा जेठ १४ देखि २७ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षा सम्पन्न भएको एक महिनाभन्दा केही बढी समयमै बोर्डले नतिजा सार्वजनिक गरेको छ।
सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको भए पनि बोर्डले तोकिएको समयसीमाअघि नै नतिजा प्रकाशन गरेको छ। यसअघि एसईईको नतिजा पनि अपेक्षाकृत छिटो सार्वजनिक गरिएको थियो।
विद्यार्थीहरूले बोर्डका आधिकारिक माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन्।



















