काठमाडौं: प्रधानमन्त्री बालेन शाहले आफ्नो नेतृत्वको सरकार निर्धारित लक्ष्य पूरा नभएसम्म नरोकिने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै उनले सरकारलाई गाडीसँग तुलना गर्दै आफूहरूको यात्रा ‘एक्सप्रेस–वे’ मा रहेको बताएका हुन्।
कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकार सञ्चालनमा एक्सिलेटर र ब्रेक दुवै आवश्यक हुने टिप्पणी गरेका हुन्।
‘सरकार भनेको गाडी जस्तै हो। गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ भन्ने चिन्ता व्यक्त गरिएको छ,’ उनले भने, ‘तर त्यस्तो चिन्ता लोकल सडकमा चल्ने गाडीका लागि हुन्छ। हाम्रो गाडी लोकल सडकमा होइन, एक्सप्रेस–वेमा गुडिरहेको छ। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।’ उनले भने
सम्बोधनका क्रममा उनले नेपाल–भारत सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिबारे पनि स्पष्टीकरण दिए। आफूले बेलायतलाई मध्यस्थकर्ता बनाउन खोजेको नभई आवश्यक परे ऐतिहासिक प्रमाणका रूपमा ब्रिटिस शासनकालका अभिलेख प्रस्तुत गर्न सकिने सन्दर्भमा कुरा गरेको बताए।
उनले भने ‘हामीसँग कालापानी र लिपुलेकका पर्याप्त प्रमाण छन्। आवश्यक परे ब्रिटिस शासनकालका अभिलेख पनि ल्याउन सक्छौं भनेका हौं, बेलायतलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौं,’।
प्रधानमन्त्री शाहले छिमेकी मुलुकसँग प्रमाणका आधारमा संवाद गरेर सीमा समस्या समाधान गरिने बताउँदै आफ्नो राष्ट्रियतामाथि शंका नगर्न आग्रह पनि गरे।


















