लुम्बिनी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

बुटवल: लुम्बिनी प्रदेशसभाको बिहीबारका लागि तय गरिएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै पूर्वनिर्धारित बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।

सचिवालयका अनुसार आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको थियो। तर सभामुखको निर्देशनअनुसार बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ।

“आज मिति २०८३ साल असार ११ गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी पूर्वसूचनाअनुसार निर्धारित आठौं अधिवेशनको एघारौं बैठक माननीय सभामुखज्यूको निर्देशानुसार अर्को सूचना नभएसम्मका लागि स्थगित भएको व्यहोरा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३०) बमोजिम जानकारी गराइन्छ,” सूचनामा भनिएको छ।

बैठक स्थगित हुनुको कारण भने सचिवालयले खुलाएको छैन। अब प्रदेशसभा बैठक कहिले बस्ने भन्ने विषयमा नयाँ सूचना जारी भएपछि मात्र टुंगो लाग्नेछ।